२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिभिन्न पुरस्कार बाट बिराटनगरमा पत्रकारहरू सम्मानित

923
shares

मोरङ – स्वतन्त्र सेनानी तोरेन्द्रमान सिंह–इन्दिरा प्रधान प्रेस स्वतन्त्रता पुरस्कार बाट राजेन्द्र दाहाल सम्मानित भएका छन्। विराटनगरमा सोमबार सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडको ११ औं स्थापना दिवसका अवसरमा पत्रकार दाहाल सहित नेपाल टेलिभिजनका पत्रकार मोहन मानन्धर, उद्घोष दैनिकका बाबुराम भण्डारी र मकालु टेलिभिजनकी उषा मण्डल सम्मानित भएका छन्।

संस्थाका अध्यक्ष मोहन भण्डारीले शिक्षक मासिकका सम्पादक दाहाललाई तोरेन्द्र–इन्दिरा प्रधान पे्रेस स्वतन्त्रता सम्मान सहित ५१ हजार रुपैयाँले पुरस्कृत गरिएको जानकारी दिए। यसै वर्षदेखि सुरु गरिएको सो सम्मान हासिल गर्ने काठमाडौंका दाहाल पहिलो भएको उनले बताए। प्रधान परिवारकी छोरी डा. सम्झनाले आफ्नो बुबा प्रजातन्त्र सेनानी एवं समाजसेवी तोरेन्द्रमान र आमा इन्दिरा प्रधानको नाममा पुरस्कार स्थापना गरेकी हुन्।

त्यसैगरी, नेपाल टेलिभिजनमा लामो समय देखि कार्यरत मानन्धर गोयल आर्थिक पत्रकारिता पुरस्कार बाट सम्मानित भएका छन्। ०७५ साल देखि सुरु गरिएको सो पुरस्कार समाजसेवी एवं उद्योगपति दीनबन्धु गोयलले आफ्नो दाजुको स्मरणमा स्थापना गरेका हुन्। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ। गोयलले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट हरेक वर्ष आर्थिक क्षेत्रका पत्रकारलाई पुरस्कृत गर्दै आएका हुन्। पुरस्कृत मानन्धरले आफ्नो कार्यक्षेत्र र पेसा बाट सम्मानित हुन पाउँदा हर्षित भएको बताए।

यस पुरस्कार बाट पुरस्कृत हुने मानन्धर पाँचाँै पत्रकार हुन्। यसअघि, इलामका भीम चापागाईं, काठमाडौंका गजेन्द्र बुढाथोकी, विराटनगरका अनन्तराज न्यौपाने र मीनकुमार श्रेष्ठ छन्। यसैगरी, मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार पुरस्कार उद्घोष दैनिकका भण्डरीलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष दीपक दाहाल परिवारद्वारा स्थापित सो पुरस्कार मोरङ जिल्ला कार्यक्षेत्र बनाएर कार्यरतलाई प्रदान गरिँदै आएको छ। सो पुरस्कारको राशि २१ हजार रुपैयाँे छ। सो पुरस्कार प्राप्त गर्ने भण्डारी आठौं हुन्।

संस्थाले ०७९ सालको मीनादेवी श्रेष्ठ महिला पत्रकारिता पुरस्कार मकालु टेलिभिजनकी संवाददाता उषा सरदारलाई प्रदान गरेको छ। १० हजार रुपैयाँ राशिको पुरस्कार प्राप्त गर्ने सरदार आठौँ पत्रकार हुन्। यसअघि, सुशीला पाठक, विनु तिम्सिना, इन्दिरा भट्टराई, उमा पोखरेल, ज्योति चौहान, राजकुमारी तामाङ र एलिना दिलायी छन्। सो पुरस्कार प्रदेश १ लाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका महिलालाई उत्प्रेरित गराउने उद्देश्यसहित सम्मान गरिँदै आएको संस्थाले जनाएको छ। पुरस्कृत चारै जना पत्रकारलाई प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले सम्मान गरेका थिए।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports