विवादास्पद नागरिकता विधेयक प्रतिनिधि सभा बाट पारित
वि.सं.२०७९ साउन ७ शनिवार ०८:०१
shares

काठमाडौं ।सरकारले संसदमा पेश गरेको विवादास्पद नागरिकता विधेयक बहुमत बाट पारित भएको छ । हिजो अबेर सम्म बसेको प्रतिनिधिसभा वैठकले विधयेक पारित गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँडले नेपाल नागरिकता पहिलो संसोधन विधयेक २०७९ पारित गर्न संसदमा प्रस्ताव राखेका थिए । ध्वनिमतका आधारमा सभामुख अग्नी सापकोटाले उक्त प्रस्ताव पारित भएको घोषणा गरे । पारित विधेयकमा पहिलो पटक गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ । उनीहरुले राजनीतिक अधिकार बाहेक आर्थिक र सांस्कृतिक अधिकारको उपभोग गर्नेगरी नागरिकता प्राप्त गर्ने भएका छन् ।

यसैगरी, जन्मका आधारमा नेपालको नागरिकता लिएका विदेशी नागरिकका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने यस ऐनले सुनिश्चित गरेको छ । नेपाली पुरुष सँग विवाह गर्ने विदेशी महिलाले कति समयपछि नेपाली नागरिकता प्राप्त गर्ने भन्ने बारे चाहिँ नागरिकतामा केही उल्लेख गरिएको छैन ।
प्रमुख प्रतिपक्षी दल एमालेका संसदहरुले नागरिकता ऐन अत्यधिक खुकुलो भएको र लाखौंको संख्यामा विदेशीहरुले नेपाली नागरिकता लिन ढोका खोल्ने भन्दै विरोध जनाएका थिए । केही संसदहरुले यो ऐनलाई ‘राष्ट्रघाति’ संज्ञा दिएका छन् ।





































