प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सबै प्रकारका खेलकुद पदकधारीहरूको पुरस्कारको रकममा उल्लेखनिय बृद्धी

507
shares

काठमाडौं ।ओलम्पिक, एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुद (साग)मा पदक जिते नेपाली खेलाडीले पाउने सरकारी पुरस्कार रकममा उल्लेख्य वृद्धि गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गर्ने प्रस्तावमा विहीबार मन्त्रिपरिषद्को बैठकले शैद्धान्तिक सहमती दिए सँगै कार्यान्वयनमा आउने भएको हो । पुरस्कार कार्यविधि खेलकुद नियमावलीमै गाभेर लागू गर्न लागिएको छ ।

नयाँ व्यवस्था अनुसार ओलम्पिक खेलकुद अन्तर्गत ग्रिष्मकालीन, शीतकालीन र पारा ओलम्पिक सँगै फिफा विश्वकप फुटबलमा पदक विजेतालाई समान पुरस्कारको व्यवस्था गरिएको छ । यी खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले एकल खेलतर्फ १ करोड ३० लाख र सामूहिक खेल तर्फ जनही ५२ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । रजत जितेमा एकल तर्फ ९७ लाख र सामुहिक खेल तर्फ जनही ४५ लाख तथा कांस्य जितेमा एकल तर्फ ६५ लाख र सामूहिक तर्फ जनही २६ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

त्यस्तै स्वर्ण विजेता खेलाडी तथा टिमको प्रमुख प्रशिक्षकले १३ लाख, रजत विजेताले ७ लाख ८० हजार र कांस्य विजेताले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण विजेता खेलाडी तथा टिमको सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले ६ लाख ५० हजार, रजत जितेमा ३ लाख ९० हजार र कांस्य जितेमा २ लाख ९२ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण, रजत र कांस्य जित्ने खेल संघले क्रमसः १९ लाख ५० हजार, १५ लाख ६० हजार र ११ लाख ७० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

यसअघि २०७२ सालमा बनाइएको कार्यविधि अनुसार ओलम्पिक स्वर्ण जित्ने खेलाडीले एकल खेल तर्फ १ करोड र सामूहिक तर्फ ४० लाख, रजत विजेता खेलाडीले एक तर्फ ७५ लाख र सामुहिक तर्फ ३५ लाख तथा रजत विजेता खेलाडीले एकल तर्फ ५० लाख र सामुहिक खेल तर्फ २० लाख रुपैयाँ पुरस्कार पाउँदै आएका थिए । नयाँ कार्यविधि अनुसार एसियाली खेलकुदमा स्वर्ण जित्ने खेलाडीले एकल खेल तर्फ ३२ लाख ५० हजार र सामुहिक खेल तर्फ १३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । रजत विजेताले एकल खेल तर्फ १९ लाख ५० हजार तथा सामुहिक खेल तर्फ ६ लाख ५० हजार र कांस्य विजेताले एकल तर्फ १३ लाख र सामूहिक खेल तर्फ ३ लाख ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

स्वर्ण विजेता खेलाडी तथा टिमको प्रशिक्षकले ६ लाख ५० हजार, रजत विजेताले ३ लाख ९० हजार र कांस्य विजेताले २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले स्वर्ण, रजत र कांस्य जितेमा क्रमसः ३ लाख २५ हजार, १ लाख ९५ हजार र १ लाख ३० हजार रुपैयाँ पाउनेछन् । खेल संघले पनि क्रमसः १३ लाख, ६ लाख ५० हजार र ३ लाख ९० हजार पुरस्कार पाउनेछन् । दक्षिण एसियाली खेलकुद (साग)तर्फ स्वर्ण विजेता खेलाडीले एकल खेल तर्फ ११ लाख ७० हजार, सामूहिक खेल तर्फ ७ लाख ८० हजार रुपैयाँ पाउनेछन् । अघिल्लो व्यवस्था अनुसार सागमा स्वर्ण जित्नेले एकल तर्फ ९ लाख र सामुहिक तर्फ ६ लाख पाउँदै आएका थिए । रजत विजेता खेलाडीले एकल तर्फ ७ लाख ८० हजार र सामुहिक तर्फ ५ लाख २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । कांस्य जित्नेले एकल तर्फ ३ लाख ९० हजार र सामुहिक तर्फ २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउँछन् ।

सागमा स्वर्ण जित्ने खेलाडी तथा टिमको प्रशिक्षकले ६ लाख २५ हजार, रजत जित्नेले ३ लाख ९० हजार र कांस्य जित्ने खेलाडीका प्रशिक्षकले २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले पनि स्वर्ण, रजत र कांस्य अनुसार क्रमासः ३ लाख ९० हजार, २ लाख ६० हजार र १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । स्वर्ण, रजत र कांस्य जित्ने खेल संघले क्रमसः ६ लाख ५० हजार, ३ लाख ९० हजार र २ लाख ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले १ लाख र अन्तर्राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले २ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार पाउने व्यवस्था कार्यविधिमा गरिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports