kumari
stcnepal

हामी ३९औँ वर्षमा प्रवेश गरेका छौँ

 

नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो अंक २०४० साल श्रावणमा प्रकाशित भएको थियो । यस साप्ताहिक पत्रिकाको नाम रन्को साप्ताहिक राखिएकोमा विविध कारणले गर्दा रन्को साप्ताहिकबाट २०४७ सालमा नाम परिवर्तन गरी अहिले अभियान साप्ताहिक नामबाट पत्रिका प्रकाशित भइरहेको व्यहोरा जानकारी गराउन पाउँदा हामीलाई हर्ष लागेको छ । निश्चय पनि पत्रकारिता सजिलो विषय होइन । त्यसमा पनि स्वतन्त्र पत्रकारिता गर्नु हाम्रो परिवेशमा निकै कठीन कार्य मानिन्छ । पत्रकारिता गरेको र समाचार लेखेवापत नै हाम्रा धेरै मित्रहरूले ज्यान गुमाइसकेका छन् । राजनैतिक क्षेत्रमा देखिएका विकृति र विसंगतिकै कारण पत्रकारहरू असुरक्षित भएका छन् । राजनैतिक दलहरूको स्वार्थ अनुकूलका समाचारहरू प्रकाशित नगरिएकै कारण डेकेन्द्रराज थापा, प्रकाश ठकुरी, वीरेन्द्र शाह, उमा सिंह, शिव पौडेल यादव पौडेले, प्रेम गुप्तालगायतका अन्य धेरै पत्रकारहरूको हत्या भएको थियो । पत्रकार नै सुरक्षित नभएपछि सर्वसधारण नागरिकहरूको हालत कस्तो होला सहजै अनुमान गर्न सकिन्छ । वर्तमान केपी ओली सरकारबाट सञ्चार जगत्ले ठुलो आशा एवं विश्वास गरेका भएपनि ओली सरकारले सञ्चार क्षेत्रमाथि पटक पटक प्रहार गर्दै आर्थिक नाकाबन्दी लगाउने प्रयास गरिरहेको छ । त्यसको हामी घोर भत्र्सना र विरोध गर्दछौँ ।कोरोना भाइरसका कारण प्रत्रकारीता क्षेत्रले ठुलो दुखकष्ट सहनु परेको छ भने हाम्रा कयैन मित्रहरुले ज्यान समेत गुमाएका छन् । त्यसरी ज्यान गुमाउनु भएका पत्रकार मित्रहरु र कोरोना भाइरसकै कारण ज्यान गुमाएका जनता प्रति हार्दिक श्रद्रान्जली अर्पण गर्दछौँ
मुलुकमा राजनैतिक परिवर्तन भएपछि मुलुकवासीले निकै ठूलो आशा र भरोसा गरेका थिए । पत्रकारिता क्षेत्रमा लाग्ने व्यक्तिहरूले समेत अब पत्रकारिता क्षेत्रमा सुधार आउने आशा गरेको भएपनि सम्पूर्ण नेपाली जनताको आशा र विश्वासमाथि राजनैतिक दलहरूले बज्र प्रहार गरे, त्यसै अनुरुप पत्रकारिता क्षेत्रमासमेत बज्र प्रहार भयो । राजनीतिक दलका पछाडि दौडने पत्रकारबाहेक स्वतन्त्र पत्रकारिता गर्ने व्यक्तिहरूलाई राज्यले वेवाास्ता ग¥यो, अर्थात् उनीहरूलाई राज्यले सौतेनी व्यवहार गरेर उनीहरूलाई सेवा र सुविधाबाट बञ्चित गरायो । तर त्यति हुँदाहुँदै पनि पत्रकारितामा लागेको व्यक्तिहरूले हिम्मत हारेनन् र आफ्नो पत्रकारितालाई नै आदर्श मान्दै अगाडि बढेका छन् । यसै क्रममा यस अभियान साप्ताहिकले समेत अनेक प्रकारका दुःख कष्ट सहनु परेको छ । राज्यबाट प्रदान गरिने विज्ञापन लगायतका अन्य सुविधाहरू विभिन्न बहाना गररे बञ्चित गर्ने गरिएको भए पनि आदरणीय पाठक शभु चिन्तकहरूको मायाले गर्दा हामी ३८ औं वर्ष पुरा गरी ३९ आंै वर्षमा पव्रेश गर्न सफल भएका छांै । यस साप्ताहिक पत्रिकालाई यहाँसम्म पु¥याउन सहयोग र सद्भाव राख्ने सम्पूर्ण आदरणीय पाठक, विज्ञापन दाता तथा शभु चिन्तकहरूलाई हामी धन्यवाद दिन चहान्छांै ।
आदरणीय पाठकवृन्द नेपालमा पत्रकारिता गर्नु जोखिमपूर्ण कार्य हो । थोरै समयमा धेरै पत्रकार मित्रहरूको हत्या भएको छ । केहीलाई वेपत्ता पारिएको छ, यस्तो अवस्था विद्यमान रहँदा पनि सरकार भने पत्रकारहरूको सुरक्षा गर्न असफल साबित भएको छ । सरकारको बोली र व्यवहारमा भिन्नता पाइएको छ । राजनैतिक दलका कार्यकर्ता मारिएमा तत्कालै उनीहरूलाई राहत प्रदान गरिने भएपनि पत्रकारहरूलाई त्यस्तो राहत प्रदान गरिएको छैन । पार्टीगत स्वार्थका लागि राजनैतिक दलका कार्यकर्ताहरूबाटै पत्रकारहरूको हत्या, कुटपिट हुनु र अपहरण गरिनु निश्चय पनि राजनैतिक दलका लागि सुहाउँदो विषय होइन । राजनैतिक दलको पिछलग्गु नभएको खण्डमा स्वतन्त्र रुपमा रहेर पत्रकारिता गर्नु निश्चय पनि यहाँ पहाड फुटाउनु सरह भएको हामीले महसुस गरेका छांै । राज्यको चौथो अंग मानिने पत्रकारिता जगतको त सुरक्षा दिन सरकार असफल छ भने त्यस्तो सरकारले आफ्ना जनताको सुरक्षा कसरी गर्न सक्छ ? यो आफैंमा उब्जिएको प्रमुख प्रश्न हो भन्ने हामीले ठानेका छौं ।
अन्त्यमा, आजका मितिसम्म यस साप्ताहिक पत्रिकालाई यहाँसम्म ल्याउन सहयागे गर्ने सम्पूर्ण आदरणीय जनसमुदायलाई हार्दिक धन्यवाद दिंदै हाम्रा विज्ञापनदाता, शुभचिन्तक, पाठक, विक्रेतालगायत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हामी विनम्र अनुरोध गर्न चहान्छांंै अबका दिनमा समेत यस साप्ताहिक पत्रिकाले स्वतन्त्र पत्रकारिताको भूमिका निवार्ह गर्ने कार्यलाई अगाडि बढाउने छ, पितपत्रकारितालाई कहिल्यै बढावा दिने छनै भने कुरामा हामी तपाईंहरूलाई विश्वास दिलाउँदै आउँदा दिनसम्ममा समते तपाईंहरूको सक्रिय सहयोग र समर्थन रहने आशा गर्दै हामी ३९ आंै वर्षमा प्रवेश गरेको छांै ।

footer