सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ
वि.सं.२०८३ कात्तिक १६ सोमवार ११:००
shares

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ ।
अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ७२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ७० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ७२० रुपैयाँ कायम भएको छ ।


































