२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय समितिको बैठक आज बस्दै, जापानकालागि प्रस्तावित राजदूत थापाको बारेमा निर्णय हुन सक्ने

130
shares

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको संसदीय सुनुवाइ आज हुँदै छ । दिउँसो ३ बजे लेखा समितिको हलमा समितिको बैठक बस्दै छ ।

तर, संसदीय सुनुवाइ समितिले जिज्ञानका विषयमा मागेको विवरण भने अझै जापान सरकारले पठाएको छैन ।संसदीय सुनुवाइ समितिको असोज २८ गतेको बैठकमा थापाको जापानको पीआर, जापानमा सम्पत्ति रहेको, उनले त्यहाँ गरेको कामबारे प्रष्ट नभएको प्रश्न उठेको थियो ।

त्यसपछि समितिले थापाले जापानको पीआर फिर्ता लिए अथवा नलिएको, त्यहाँको सरकारी सेवा गरे अथवा नगरेकोलगायत विवरण माग गरेको थियो ।तर, परराष्ट्रमार्फत जापानको विदेश मन्त्रालयले अझै विवरण पठाएको छैन ।

“व्यक्तिगत विषय जानकारी गराउन नमिल्ने भन्दै जापान सरकारले कुनै विवरण पठाएको छैन । उनीबारेको विवरण अब आउने सम्भावना देखिँदैन,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।सुनुवाइ समितिका सचिव तुलबहादुर कँडेलले भने विवरण सोमबार बिहानसम्म आइपुग्न सक्ने बताए । “शुक्रबारसम्म विवरण आएको थिएन । आइतबार बिदा भइहाल्यो । सोमबार बिहान आउने जस्तो कुरा थियो,” समितिका सचिव तुलबहादुर कँडेलले भने ।

सरकारले सिफारिस गरेका १३ मध्ये १२ जनाबारे निर्णय गरेको समितिले थापाबारे भने निर्णय होल्डमा राखेको थियो । जापानले विवरण नपठाएपछि अब समितिले के निर्णय गर्ला भन्ने चासो बढेको छ ।प्रश्न उठेपछि जिज्ञानलाई नै नाम फिर्ताका निम्ति आग्रह पनि गरिएको थियो । तर, हालसम्म उनले नाम फिर्ता लिएका छैनन् । उनलाई समितिमा सरकारले नाम पठाएको ४५ दिन कटाएर स्वतः नियुक्ति दिन खोजिएको हो कि भन्ने आशंका बढेको थियो । तर, समितिको बैठक त्यसअघि नै बोलाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports