लुम्बिनी विकास कोषको उपाध्यक्ष डोल्माको नियुत्ती रद्ध गर्न जेनजी नागरिक अभियानको माग
वि.सं.२०८३ कात्तिक २ सोमवार १५:०२
shares

काठमाडौँ। राष्ट्रिय जेनजी नागरिक अभियानले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनि छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णय तत्काल रद्द गर्न माग गरेको छ ।
सरकारले असोज ३० गतेको मन्त्रिपरिषद् बैठकबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको थियो । उक्त नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अभियानले सोमबार एक विज्ञप्तिमार्फत कानुनी अनुसन्धानको घेरामा रहेको व्यक्तिलाई पवित्र धार्मिक तथा सांस्कृतिक सम्पदाको विकास र व्यवस्थापन गर्ने निकायको नेतृत्व दिनु विधिको शासन र सुशासनको सिद्धान्तविपरीत भएको दाबी गरेको छ ।
माग सम्बोधन नभए बृहत् नागरिक आन्दोलन गर्न बाध्य हुने चेतावनी दिँदै अभियानले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ ।



































