पुष सम्म मर्जर हुने बैंकले थप सहुलियत पाउने
वि.सं.२०७९ साउन १८ बुधवार १५:०८
shares

काठमाडौं । एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने वाणिज्य बैंकहरुले थप सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । राष्ट्र बैंकले यस्तो सुविधा तथा छुट एकीकृत कारोबार गरेको मितिले १ वर्ष सम्म प्रदान गर्नेछ । तर २०७९ पुस मसान्तपछि एकीकृत कारोबार गर्ने बैंकहरुले यस्तो सुविधा तथा छुट नपाउने राष्ट्र बैंकले जनाएको छ ।
पुस मसान्त भित्र मर्जर गरी एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म शाखा कार्यालय खोल्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने, उपत्यकामा एक शाखा खोल्न पनि राष्ट्र बैंकको स्वीकृत नचाहिने जनाएको छ । त्यस्तै कुल निक्षेपमा सरकारी संस्था एवं संस्थानहरु, पब्लिक लिमिटेड कम्पनीहरु, बचत तथा ऋण सहकारी संस्था तथा त्यस्ता संस्था एवं संस्थान मातहत सञ्चालित कोषहरुको निक्षेपको अंश प्रति संस्था १० प्रतिशत बिन्दुले थप गर्ने पाउने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै एक पटकका लागि प्रमुख कार्यकारी अधिकृतलाई ६५ वर्षको उमेरहद नलाग्ने न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्नु पर्ने समयावधि एकीकृत कारोबार गरेको मितिले १ वर्षसम्म थप गर्ने राष्ट्र बैंले जनाएको छ ।





































