प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बैंकहरूले आफ्नो हिसाबले नगद लाभांस बाँडन पाउने

598
shares

काठमाडौं ।बैंक तथा वित्तीय संस्थाले आर्जन गरेको नाफाबाट आफ्नो हिसाबले लाभांश बाँड्न पाउने भएका छन् । कोभिड–१९ सुरु भए सँगै नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा कडाइ गरेकोमा अब भने बैंकहरुले पूँजी पर्याप्तता अनुपातको विश्लेषण गरेर नगद लाभांश वितरण गर्न सक्ने भएका छन् ।

राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन २०७८ लाई संशोधन गर्दै पुरानो व्यवस्था हटाएको छ । ‘इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत सम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउनेछन् । तर, यस्तो नगद लाभांश इजाजतपत्र प्राप्त संस्थाको २०७८ असार मसान्तमा कायम निक्षेपको भारित औसत ब्याजदरको प्रतिशत भन्दा बढी हुने छैन’ यसअघिको निर्देशनमा भनिएको थियो ।

यस्तै खुद वितरणयोग्य मुनाफा कुल चुक्ता पूँजीको ५ प्रतिशत भन्दा कम भएका बैंक तथा वित्तीय संस्थाले कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण गर्न नपाउने व्यवस्था थियो । अब नेपाल राष्ट्र बैंकले उक्त व्यवस्था हटाए सँगै बैंकहरुले कमाएको नाफा बाट आफ्नो हिसाबले लाभांश वितरण गर्न सक्ने भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports