प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुम्बई उड्न लागेको विमान शंकास्पद यात्रु बारे विशेष सूचना आएपछि रोकियो, १ जना पक्राउ

1.01K
shares

काठमाडौं । मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रु बारे विशेष सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो ।

उक्त विमानमा चढेका एक यात्रुलाई नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले बताए । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी रवीन्द्रबहादुर धानुकले भने ‘हेडक्वार्टर बाट आएको सूचनाका आधारमा विमानस्थल प्रहरीले चेकजाँच गरिरहेको छ, विस्तृत सूचना आउन बाँकी छ।’ त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार १ः१० मा मुम्बई उड्नुपर्ने न्यारोबडी जहाजलाई प्रहरीको आग्रहमा रोकेको हो । प्रहरीलाई विमान चढिसकेका व्यक्ति बारे ह्वाट्सएपमा सूचना आएको थियो ।

‘सुन तस्करीमा संलग्न शंकास्पद एक जना व्यक्ति विमानमा चढेको भन्ने सूचना थियो, प्रहरीले नेपाल एयरलाइन्सलाई आग्रह गरेर विमान रोकेको हो,’ उनले भने, ‘सबै चढिसकेका यात्रुलाई झारिएको छ ।’ प्रहरीले ती शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइसकेको उनले बताए । ‘फेरि विमान मुम्बई उडाउन बोर्डिङ भइरहेको छ’ ठाकुरले भने ।

ती शंकास्पद व्यक्ति सँग रहेका आफन्तले पनि आफू मुम्बई नजाने भनेका छन् । अरु सबै यात्रु मुम्बई जाने गरी बोर्डिङ चलिरहेको विमानस्थलले जनाएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports