kumari
stcnepal

डेंगीको संक्रमितको संख्या ४७ नजिक, हाल सम्म ५४ जनाको निधन, सरकार भने रमिते

काठमाडौं ।यस वर्ष साउनयता डेंगी संक्रमण बाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनसार संक्रमितको संख्या ४६ हजार ७६८ र मृतकको संख्या ५४ पुगेको हो ।

महाशाखाका अनुसार संक्रमितको संख्या वाग्मती प्रदेशमा ३६ हजार ४४१, प्रदेश–१ मा एक हजार ७९१, मधेस प्रदेशमा ७६५, गण्डकी प्रदेशमा १ हजार ७६६, लुम्बिनी प्रदेशमा ४ हजार ६५६, कर्णालीमा ६६४ र सुदूरपश्चिम प्रदेशमा एक हजार १८५ छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा धेरै २६ हजार ८२८ जना संक्रमित भएका छन् ।

footer