kumari
stcnepal

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६.५१ प्रतिशत लाभांश दिने

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को मुनाफा बाट हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बैंकको आज सम्पन्न सञ्चालक समितिको बैठकले कर प्रयोजन सहित उक्त नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभा बाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

footer