kumari
stcnepal

नयाँ लाईसेन्स बितरण गर्न अदालतको रोक, सरकारलाई झड्का

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण लाइसेन्स वितरणको प्रक्रिया रोकिएको हो ।

नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको बताइएको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको आवेदनका लागि आज अन्तिम दिन रहेको थियो । तर, हालसम्म एउटा पनि आवेदन नपरेको नियमन विभागमा प्रमुख निर्देशक अम्बिका प्रसाद गिरीले जनकारी दिए ।

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अर्को आदेश नआउन्जेल कुनै पनि प्रक्रिया अघि नबढ्ने बोर्डले जनाएको छ ।

बोर्डले असोज २ गते नयाँ स्टकका लागि लाइसेन्स दिने भन्दै ३० दिने र एउटा नयाँ स्टक एक्सचेन्ज र दुई वटा कम्पनीलाई वस्तु विनिमय बजार सञ्चालनको अनुमतिका लागि आवेदन खुला गरेको थियो । ब्रोकरका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।

 

footer