विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ लाईसेन्स बितरण गर्न अदालतको रोक, सरकारलाई झड्का

715
shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गरेको छ । सर्वोच्च अदालतको अल्पकालीन आदेशका कारण लाइसेन्स वितरणको प्रक्रिया रोकिएको हो ।

नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि स्थगन भएको बताइएको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारको आवेदनका लागि आज अन्तिम दिन रहेको थियो । तर, हालसम्म एउटा पनि आवेदन नपरेको नियमन विभागमा प्रमुख निर्देशक अम्बिका प्रसाद गिरीले जनकारी दिए ।

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । अर्को आदेश नआउन्जेल कुनै पनि प्रक्रिया अघि नबढ्ने बोर्डले जनाएको छ ।

बोर्डले असोज २ गते नयाँ स्टकका लागि लाइसेन्स दिने भन्दै ३० दिने र एउटा नयाँ स्टक एक्सचेन्ज र दुई वटा कम्पनीलाई वस्तु विनिमय बजार सञ्चालनको अनुमतिका लागि आवेदन खुला गरेको थियो । ब्रोकरका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports