बामदेव गौतमको पार्टीले बिष्णु पौडेललाई सहयोग गर्ने
वि.सं.२०७९ कात्तिक २१ सोमवार १९:४३
shares

रुपन्देही ।रुपन्देही क्षेत्र नम्बर–२ का एमाले उम्मेदवार विष्णु पौडेललाई बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले समर्थन गर्ने भएको छ ।
आज सोमबार बुटवलमा पत्रकार सम्मेलन गरेर एकता अभियानले एमालेका उम्मेदवार पौडेललाई सघाउने घोषणा गरेको हो । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ । विष्णु पौडेल एमालेका लागि मात्रै नभएर सिङ्गो राष्ट्रका लागि नै आवश्यक पात्र भएकाले समर्थन जनाएको एकता अभियानको भनाइ छ ।
विष्णु पौडेल सिङ्गो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका र राष्ट्रका लागि आवश्यक नेता भएकाले समर्थ गर्ने निर्णय गरिएको एकता अभियानका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इञ्चार्ज महेन्द्र अर्यालले जानकारी दिए । रुपन्देही–२ मा आफूहरूको २५ सय बढी मतदाता रहेको दाबी उनीहरूले गरेका छन् ।






































