विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घोषणापत्र झुठका विगतको निरन्तरता मात्र

572
shares

 

निर्वाचनको मिति जति नजिकिँदै छ त्यति नै राजनीतिक दलहरुको सक्रियता बढ्दै गएको छ । राजनीतिक दलहरुले आ आफ्नो चुनावी प्रचारप्रसारलाई व्यापक रुपमा जनतासामू लाने प्रयास गरेका भएपनि जनतामा भने चुनावप्रति त्यत्ति उत्सुकता देखिएको छैन । सबै दलहरुले आ आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् भने कांग्रेसले भने पुरा नै हुन नसक्ने प्रतिवद्धताको घोषणापत्र सार्वजनिक गरेका हुनाले उसले बठ्याईं गरेर आफ्नो चुनावी घोषणपत्रलाई संकल्पपत्र नाम दिएको छ । २०७४ सालको संघीय संसद र प्रदेशसभाको निर्वाचनमा पनि राजनीतिक दलहरुले यस्तै उडन्ते चुनावी घोषणापत्र जनतसामु लगेका थिए । अहिले पनि उनीहरुले २०७४ सालमै सार्वजनिक गरिएको र कार्यान्वयनमै नगएका विषयहरुलाई समेटेर घोषणापत्र सार्वजनिक गरेका छन् ।
राजनीतिक दलहरुले जनतालाई झुक्याउनका लागि लोभलाग्दा विषयहरु चुनावी घोषणापत्रमा राखेका छन् । कांग्रेसले ५ वर्षभित्रमा १२ लाख ५० हजारलाई रोजगारी उपलब्ध गराउने घोषणा गरेको छ भने दश वर्ष भित्रमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ । के यो सम्भव होला ? नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएको १६ महिना पुगेको छ । देउवा नेतृत्वको सरकारले १६ महिनामा ११ हजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिलाएको अवस्थामा ५ वर्ष भित्रमा १२ लाख ५० हजारलाई रोजगारी दिलाउने उल्लेख गर्नु युवाहरुलाई झुठा आश्वासन देखाएर मत बटुल्ने प्रयास बाहेक अन्य केही हुन सक्दैन । १ मेगावाट विद्यूत उत्पादन गर्न कति रकमको आवश्यकता पर्दछ ? पैसाको स्रोत जुटाउने कुनै विकल्प नै नदिई १० हजार मेगावाट विद्युत उत्पादन गर्छौं भन्नु झुठको खेती बाहेक अन्य केही हुन सक्दैन ।
हुनतः निर्वाचन भनेको नै सोझा सिधा जनतालाई झुठा आश्वासन दिएर आ आफ्नो पार्टीको स्वार्थ पूरा गर्ने खेल नै हो । अहिले सम्पन्न हुन लागेको निर्वाचन भनेको विगतको निरन्तरता बाहेक अन्य केही हुन सक्दैन । पुरानो निरन्तरताका असफताका विरुद्ध नयाँ सिर्जनशिल भविष्यको लागि जनताले निर्वाचनबाट आशा गरेका हुन्छन् । अहिलेको निर्वाचन भनेको भ्रष्टाचार विरुद्धको सुशासनका लागि हुनुपर्ने हो । असफलतामा रमाउँदै बसेका नेताहरुका विरुद्धमा ताजा र उर्जाशिल नेतृत्वको लागि हुनुपर्ने हो अर्थात यो निर्वाचन अँध्यारोबाट उज्यालोतिर जनतालाई विश्वास दिलाउन ती दलका शिर्ष नेताहरुको चरित्र र तिनिहरुले जारी गरेका घोषणापत्रहरु हेर्दा माथि उल्लेख गरिएका कुनै पनि विषयहरु प्रति राजनीतिक दलहरुले वेवास्ता गरेका छन् ।
जनतालाई झुठा आश्वासन बाँडनु, सत्ता हत्याउने प्रयाससमै निर्वाचन अघि बढेको छ । कांग्रेजसस्तो पुरानो र समासजवादीमा विश्वास राख्ने पार्टीले कम्युनिष्टहरुसँग सत्ता गठबन्धन गरेर सत्तामा पुगेका र फेरी पनि सत्ता हत्याउनका लागि लागि परेको हुनाले अब कांग्रेस कांग्रेस रहेन । माओवादीले चलाएको १० वर्षे जनयुद्धका बेला सबैभन्दा बढी कांग्रेसकै कार्यकर्ता मारिएका थिए त्यसबेला जनताले बैंकमा राखेका पैसा जम्मा गरेको, सुन र रुपैँया बैंकबाट माओवादीले लुटेको र विकास निर्माणमा समेत ठुलो अवरोध पु¥याएको हुनाले कांग्रेस, माओवादी सहितका सत्ता गठबन्धनले विकास निर्माण गर्दछौँ भन्नु हत्केलाले सूर्यलाई छेकेँ भन्नु सरह हो ।
सत्ता गठबन्धनमा रहेको र शेरबहादुर देउवा नै जन्मदाता रहेको नेकपा एकीकृत समाजवादीले २०० युनिटसम्म जनतालाई निःशुल्क दिने चुनावी घोषणापत्रमा उल्लेख गरेर नेपाली जनतालाई मात्र होइन दुनियाँलाई नै हसाईदिएको छ । नेपालमा विद्युत खपत गर्नेहरुको संख्या सबैभन्दा बढी १ सय ५० देखि दुई सय पचाससम्मको रहेको हुनाले उसले भनेजस्तो निःशुल्क दिँदा विद्युत प्राधिकरणलाई वार्षिक अबौं घाटा लाग्ने र विद्युत प्राधिकरण नै टाट पल्टिन सक्ने अवस्था रहेको भएपनि झुठको खेती गर्न माहिर रहेका माधव नेपाल अध्यक्ष सत्ता गठबन्धनको तेस्रो पार्टीको चुनावी घोषणापत्रलाई किमार्थ उचित मान्न सकिने अवस्था नभएकाले गर्दा प्रायः सबै ठुला भनिएका राजनीतिक दलहरु जनताप्रति उत्तरदायी हुन नसकेको र पार्टीगत स्वार्थका लागि झुठको सहारा लिएको हामीले ठानेका छौँ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports