विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओली कर्णाली आउदै, तिन जिल्लामा आमसभालाई सम्वोधन गर्ने

663
shares

सुर्खेत ।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार कर्णाली आउने भएका छन् । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी एमालले कर्णालीका तीन जिल्लामा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सुर्खेत आउन लागेका हुन् ।

अध्यक्ष ओलीले कालिकोट, दैलेख र सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए । तिमिल्सेनाका अनुसार जनसभाको सम्पूणर् तयारी पूरा भएको छ । मंगलगढीचोक बाट बिहान ११ बजे र्‍याली निकालिने एमाले सुर्खेतले जनाएको छ । जनसभामा चर्चित लोक गायक बद्री पंगेनी सहितका कलाकारको सांस्कृतिक प्रस्तुति समेत रहने छ ।

एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं। २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेल लगायतका नेताहरूले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली निर्वाचनअघि देश दौडाहामा छन् । स्थानीय चुनाव भन्दा ६ प्रतिशत मत बढाउने लक्ष्य सहित एमालेले देशव्यापी चुनावी अभियानलाई तीव्र पारेको छ । धनगढीमा रहेका अध्यक्ष ओली कालिकोट, दैलेखमा आयोजित जनसभालाई सम्बोधन गरेर दिउँसो २ बजे सुर्खेत आउने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports