२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फिल्महलमा विश्वकप फुटबल प्रदर्शन गर्न रोक लगायो चलचित्र बोर्डले

819
shares

चलचित्र विकास बोर्डले फिल्म हलमा विश्वकपका खेल प्रदर्शन गर्न रोक लगाएको छ । बोर्डले चलचित्र सबै हलहरुलाई पत्राचार गर्दै नियमानुसार चलचित्रमात्र प्रदर्शन गर्न निर्देशन दिएको हो । सञ्चारमाध्यमहरूमा कतिपय फिल्म हलमा विश्वकप प्रदर्शन गर्न लागिएको सार्वजनिक भएपछि बोर्डले एक्सन लिएको हो ।

बोर्डका अध्यक्ष भुवन केसीले गरेको पत्राचारमा विभिन्न चलचित्रघरले नियमित चलचित्र प्रदर्शनको शो समयमा विश्वकप फुटबल प्रतियोगिताको प्रसारण गर्न लागेको बुझिएको तथा कतिपय चलचित्र घरहरूले आफ्नो वेबसाइट मार्फत शो समय समेत खुलाएको देखिएको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

सबै हललाई गरिएको पत्राचारमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने सर्त बमोजिम मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ । अन्यथा नियमानुसारको कारबाही भैजाने ब्यहोरा जानकारी गराइन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports