२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेदरल्याण्डलाई पेनाल्टी सुटआटमा हराउदै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश

767
shares

नेदरल्याड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । हार सँगै नेदरल्याड्स क्वार्टरफानल बाटै घर फर्किन बाध्य भएको छ । निकै प्रतिस्पर्धात्मक र तनावपूर्ण समेत बनेको खेलमा अर्जेन्टिनाले नेदरल्याड्सलाई पेनाल्टीमा ४–३ गोल अन्तरले पाखा लगाएको हो ।

शनिबार बिहान कतार स्थित लुसाइल रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लागि मोलिनाले खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यसैगरी खेलको ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टीमलाई २–० को अवस्थामा पुर्याए । अर्जेन्टिनी खेलाडीलाई डी बक्सभित्र लडाएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

तर, खेलको ८३ औं मिनेटमा नेदरल्याण्डका खेलाडी ओटले गोल फर्काए । यस्तै खेलको ९० मिनेटको अन्तिम मिनेटमा फेरि उनले गोल गरेर उनले नेदरल्याण्ड्सलाई खेलमा फर्काएका थिए । खेलका क्रममा केही बेर तनाव समेत भएको थियो । अर्जेन्टिनाका खेलाडीले नेदरल्याड्सका खेलाडी माथि खतरनाक फल गरेपछि तनावको अवस्था सिर्जना भएको थियो । सो क्रममा रेफ्रीले दुबै तर्फ पहेँलो कार्डको प्रयोग गर्नुपरेको थियो । खेलमा कुल १५ वटा पहेँलो कार्ड प्रयोग भएको थियो । जसमा अर्जेन्टिनाले ८ वटा र नेदरल्याड्सले ७ वटा कार्य पाएको थियो । अर्जेन्टिनाको सेमिफानलमा अब क्रोएसिया सँग प्रतिस्पर्धा हुने भएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports