पछिल्लो समयमा रास्वपा र बालेन सरकारबीचमा केही विवाद उत्पन्न भएको छ । रास्वपाका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाढीपहिरोमा परी २७ जनाले ज्यान गुमाए

754
shares

काठमाडौं । पछिल्लो समय परेको अविरल वर्षापछि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ। असोज ८ गतेयता भएका विपद्का घटनामा २७ जनाको मृत्यु भएको सरकारले जनाएको छ।

सरकारी विवरणअनुसार विपद्मा परी सात जना घाइते भएका छन् भने चार जना अझै सम्पर्कमा आउन सकेका छैनन्। यस अवधिमा देशभर ५१३ वटा मनसुनजन्य विपद्का घटना दर्ता भएका छन्, जसबाट १ हजार ६५ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।विपद्को प्रभाव सडक पूर्वाधारमा समेत परेको छ। बाढीपहिरोका कारण विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो। तीमध्ये १२५ स्थानमा आवश्यक मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको छ। क्षतिग्रस्त अन्य सडकखण्डमा मर्मत तथा पुनःस्थापनाको काम जारी रहेको सरकारले जनाएको छ।

बाढीपहिरोका कारण विद्युत् प्रसारण प्रणालीमा समेत अवरोध सिर्जना भएको थियो। कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी करिडोरलगायतका राष्ट्रिय प्रसारण लाइनमा समस्या आउँदा कुल १ हजार १३३।२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको थियो। हाल सेती–मादी करिडोरअन्तर्गत २६२ मेगावाट र मर्स्याङ्दी करिडोरअन्तर्गत १९० मेगावाट क्षमताका जलविद्युत् आयोजना पुनः सञ्चालनमा आइसकेका छन्।दूरसञ्चार सेवामा परेको असर पनि क्रमशः हट्दै गएको छ। नेपाल टेलिकमका प्रभावित १ हजार १३२ टावरमध्ये ७८२ वटा सञ्चालनमा ल्याइएको छ। त्यसैगरी एनसेलका अवरुद्ध १६२ नेटवर्कमध्ये १०५ वटा पुनः सञ्चालनमा आएको सरकारी विवरणमा उल्लेख छ।

विपद्बाट प्रभावित नागरिकलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सार्ने तथा राहत उपलब्ध गराउने काम पनि भइरहेको सरकारले जनाएको छ। स्थानीय तहसँग समन्वय गरी प्रभावित परिवारका लागि राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ।सरकारले अहिले क्षतिग्रस्त सडक, विद्युत् र सञ्चार संरचनालाई क्रमशः सञ्चालनमा ल्याउनेसँगै विपद् प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनलाई प्राथमिकतामा राखेर पुनःस्थापना तथा राहतका काम अघि बढाइरहेको जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports