२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाका ७ जना सांसदले आफ्नै पार्टी अध्यक्ष लिङदेन विरूद्ध अदालतमा दायर गरे गाली बेइज्जतीको मुद्धा

78
shares

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध गाली बेइज्जती सम्बन्धी मुद्दा दायर भएको छ । बागमती प्रदेशका ७ जना सांसदले आफ्नै पार्टीका केन्द्रीय अध्यक्ष लिङ्देनविरूद्ध साेमबार काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती सम्बन्धी मुद्दा दायर गरेका हुन्।

काठमाडौँमा आयोजित पार्टीको एक सार्वजनिक कार्यक्रममा अध्यक्ष लिङ्देनले सांसदहरू खरिदबिक्री भएको तथा अपमानजनक र चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै उनीहरुले मुलुकी अपराध संहिताअनुसार हदैसम्मको सजाय र क्षतिपूर्तिको माग गर्दै फिराद–पत्र दर्ता गराएका हुन् ।मुद्दा दायर गर्ने सांसदहरुमा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरु गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती, राजु विष्ट तथा सांसदहरु मोनिका श्रेष्ठ, नुरज बज्राचार्य र डम्बर तामाङ रहेका छन् । उनीहरुले वारेसमार्फत अदालतमा फिराद–पत्र दर्ता गराएका हुन्।

फिराद–पत्रमा उल्लेख भएअनुसार बागमती प्रदेशमा सरकार गठनका क्रममा प्रदेश प्रमुखको आह्वानबमोजिम राप्रपाका १२ जना सांसदमध्ये बहुमत (७ जना) को निर्णयबाट नेकपा (एमाले) का किरण थापा मगर नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय भएको थियो। सोही निर्णयअनुसार ३ जना सांसद मन्त्रीका रुपमा सरकारमा सहभागी भएका थिए ।आफूहरुको उक्त निर्णयप्रति अध्यक्ष लिङ्देनले पूर्वाग्रह र आक्रोश राखी सार्वजनिक रुपमा अपमान गरेको सांसदहरुको आरोप छ । फिराद–पत्रमा दाबी गरिएअनुसार, काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा आयोजित राप्रपा काठमाडौँ जिल्ला समितिको अधिवेशन उद्घाटन कार्यक्रममा अध्यक्ष लिङ्देनले सार्वजनिक रुपमै सांसदहरुको मानमर्दन हुने अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष लिङ्देनले ‘हाम्रा पार्टीका माननीय पार्टी नीतिविपरीत अरु दलको ओछ्यान तताउन गए, भेडाबाख्रा जस्तो बिके’ भनी अभिव्यक्ति दिएको र सञ्चारमाध्यममार्फत त्यसको व्यापक प्रचारप्रसार गराई चरित्रहत्या गरेको आरोप लगाइएको छ ।विशेषगरी फिरादीमध्येकी महिला सांसद मोनिका श्रेष्ठले आफू महिला जनप्रतिनिधि भएको अवस्थामा ‘अरु दलको ओछ्यान तताउन गएको’ जस्ता आपत्तिजनक शब्दावली प्रयोग गरी कानुनी, सामाजिक र सांस्कृतिक मर्यादाविपरीत अभिव्यक्ति दिएर बेइज्जती गरेको उल्लेख गरेकी छिन्।

सांसदहरुले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ र ३०६ विपरीत कार्य गरेको भन्दै अध्यक्ष लिङ्देनलाई दफा ३०७ (१) र (२) बमोजिम कारबाही गर्न माग गरेका छन्। उक्त ऐनअनुसार बेइज्जती गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ भने आमसञ्चार माध्यमबाट बेइज्जती गरिएमा थप एक वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।सांसदहरुले सोहीबमोजिम हदैसम्मको सजाय, मनासिब क्षतिपूर्ति र मुद्दाको सम्पूर्ण खर्चसमेत विपक्षीबाट भराउन अदालतसमक्ष माग गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports