linktrix Long Ad
Salt Trading Long Ad

आज टोपी दिवस, बिभिन्न कार्यक्रम गरि मनाइँदै

741
shares

काठमाडौँ – आज अंग्रेजी नयाँ वर्ष सन् २०२३। आजकाे दिनमा नेपालमा पनि नयाँ वर्ष सँगै नेपाली टोपी तथा राष्ट्रिय पाेसाक दिवस मनाइँदैछ। विश्वभर अंग्रेजी नयाँ वर्षकाे राैनक चलिरहँदा नेपालमा भने यसका साथै राष्ट्रिय टाेपी र पाेसाककाे प्रवर्द्धनका लागि पाेसाक र टाेपी लगाएर झण्डा फहराउँदै नेपाली पाेसाककाे पहिचान र परम्पराकाे जगेर्ना गरेकाे पाइन्छ।

केही वर्ष देखि नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै स्वतःस्फुर्त रुपमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो। जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ।

नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन्। नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ।यस दिनमा विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा मानिन्छ। तर नेपालका विभिन्न समुदायले आ-आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports