kumari
stcnepal

आज देखी कुमारी र एनसीसी बैकको एकीकृत कारोबार सुरू

काठमाडौं ।आजदेखि (पुस १७ गते) कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ। मर्जपछि कुमारी बैंकको नाम बाट एकिकृत कारोबार हुन लागेको हो । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहने छ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल र बरिष्ठ डेपुटी सीईओमा रामचन्द्र खनाल हुनेछन् । बैंकको संचालक समितिमा भने दुई बैंकको तर्फ बाट ३/३ जना रहने छन् । समितिमा एकजना मनोनयन गरिने र ७ जना संचालक बाट अध्यक्ष चुनिने बताइएको छ ।

यी दुई बैंक एक आपसमा गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड रुपैयाँ हुनेछ । कुमारी बेंकको १४ अर्ब ७१ करोड ११ लाख ८३३ रुपैयाँ छ भने एनसिसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख ७८० रुपैयाँ रहेको छ । कुमारी बेंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख र एनसीसी बैंकको ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। मर्जपछि बैंकको कुल पुजी ३७ अर्ब ६५ करोड रुपैयाँ हुनेछ ।

मर्जर पछि डाटा माईग्रेसन प्रयोजनको लागि पुष १५ र पुष १६ गते सार्वजनिक बिदाका दिन कुमारी बैंक र एनसीसी बैंकद्वारा आफ्ना विभिन्न शाखाहरु बाट प्रदान गर्दै आईरहेको बैंकिङ्ग सेवाहरु बन्द गरेका थिए ।

footer