linktrix Long Ad
Salt Trading Long Ad

जाडो बढेको भन्दै त्रिभूवन विश्वविद्यालयले दियो हिउँदे बिदा

715
shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जाडो बढे सँगै आज देखि हिउँदे बिदा दिएको छ ।

त्रिवि अन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आज देखि हिउँदे बिदा दिएको हो । त्रिवि कार्यकारी परिषद्ले आज देखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।

उनले बिदा समयमा पठनपाठन बन्द हुने र प्रशासनिक कार्य भने सञ्चालन हुने बताए । हिउँदे बिदाको समयमा तोकिएका परीक्षा भने नियमित सञ्चालन हुनेछन् । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports