kumari
stcnepal

आत्मदाह गरेका प्रेम प्रसादको श्रीमतीले दिईन १२ जना बिरूद्ध प्रहरीमा जाहेरी

काठमाडौं । गत मंगलबार संघीय संसद् भवनअगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको श्रीमती १२ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।

मृतक आचार्यले नाम लिएका व्यक्ति विरुद्ध उनका श्रीमती नानुका आचार्यले जाहेरी दिएका हुन् । इलामका आचार्यले मंगलबार आत्मदाह गर्नु अगाडि फेसबुक स्टाटस लेखेका थिए । आचार्यले नाम लिएका व्यक्ति विरुद्ध उनका श्रीमती नानुले प्रहरी समक्ष जाहेरी दिएका हुन् ।

बुधबार कीर्तिपुर अस्पतालमा उपचारका क्रममा आचार्यको मृत्यु भएको थियो । आचार्यले ठूला व्यापारिक संस्थान, घरानाका कारण आफू आर्थिक रुपमा डुबेको स्टाटसमा आरोप लगाएका छन् ।

footer