विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोकदोहोरी गायक भिम पौडेलको निधन

754
shares

काठमाडाैँ – लाेकदाेहाेरी गायक भीम पाैडेलकाे निधन भएकाे छ। चर्चित लाेकदाेहाेरी कार्यक्रम इन्द्रेणीमार्फत चर्चाकाे शिखरमा पुगेका स्याङ्जाका गायक पाैडेलकाे बिहीबार राति करिब ११:२० मा निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।

पारिवारिक स्राेतका अनुसार गायक पाैडेल केही समययता डिप्रेशनमा थिए। यद्यपि, उनकाे मृत्युकाे कारण भने खुल्न बाँकी छ। गायक पाैडेलकाे शव आज बिहान ११ बजे कास्कीकाे रामघाटमा ल्याइ लाेकदाेहाेरी क्षेत्रका व्यक्ति तथा उनका शुभचिन्तकले श्रद्धाञ्जली दिएपश्चात् दाहसंस्कार गरिने तयारी रहेकाे बताइएकाे छ।

माघ १ गते पाेखरामा भएकाे यतिकाे जहाज दुर्घटनामा परी निधन भएकी गायिका निरा छन्त्यालकाे निधनपछि फेरि अर्काे गायक गुमाउनु परेकाेमा इन्द्रेणीका कृष्ण कँडेलले दु:ख व्यक्त गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports