विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धितोपत्र बोर्डका अध्यक्ष हमाल पनि तानिने दोहोरो नागरिकता केशमा

624
shares

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको नागरिकता पनि विवादमा तानिएको छ । रवि लामिछानेझैँ हमाल माथि पनि विदेशी नागरिकता छाडेपछि प्रक्रिया पूरा नगरी पुरानै नेपाली नागरिकता प्रयोग गरेको आरोप लागेको छ ।

उनी लामो समयसम्म थाइल्याण्डमा त्यहाँको स्थायी आवासीय सुविधा उपभोग गरेर बसेका व्यापारी हुन् । अघिल्लो वर्ष भीष्मराज ढुंगाना माथि गम्भीर आरोप लागेपछि रिक्त पदमा विभिन्न शक्तिकेन्द्र र व्यापारिक घरानियाँ तथा बिचौलिया दीपक भट्टको सिफारिसमा अर्थमन्त्री जनार्दन शर्माले हमालको नियुक्तिमा समर्थन जनाएका थिए । उनले पछिल्लो दिनमा काभ्रेपलाञ्चोक जिल्लाको पात्लेखेतमा दुसित थानी हिमालयन रिसोर्ट खोलेका छन् । यो रिसोर्ट नेपालसहित थाइल्याण्ड, अमेरिका, चीन, सिंगापुर, कतार लगायत १६ वटा मुलुकमा खोलिएका छन् ।

प्राथमिक सेयर (आइपीओ), ऋणपत्र, बुक बिल्डिङलगायत विषयमा रकम असुलीको विवादमा तानिएका हमाल लामिछानेको नागरिकता प्रसंगपछि चर्को विवादमा पर्ने निश्चित रहेको स्रोतको दाबी छ । उनले गत वर्ष एकाएक बोर्डको अध्यक्षमा नियुक्ति पाएपछि प्रक्रिया पूरा गरेर नागरिकता लिन नभ्याएको उच्च स्रोत बताउँछ । हमालले पनि रविले झैँ नागरिकता र राहदानी पछिल्लो केही समय दोहोरो प्रयोग गरेको बोर्डका केही कर्मचारीले आशंका गरेका छन् । उनलाई आर्थिक अनियमिततामा संलग्न भएको आशंकामा अर्थ मन्त्रालयले हिजो स्पष्टीकरण सोधेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports