काँग्रेसको रणनीतिक चंगुलमा दाहाल
वि.सं.२०७९ माघ २७ शुक्रवार १०:१०
shares

काठमाडौं । नेकपा एमाले सहित माओवादी केन्द्र लगायत अन्य केही पार्टीहरुको संयुक्त सरकारका प्रधानमन्त्री बनेका माओवादी बनेका अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समयमा सत्ता गठबन्धनलाई भन्दा नेपाली काँग्रेसलाई बढी विश्वास गर्न थालेका हुनाले सत्ता गठबन्धन नै धरापमा पर्ने सम्भावना बढेको छ । संसदमा सबैभन्दा ठूलो पार्टी बनेको भएता पनि सरकार निर्माण गर्न असफल भएको नेपाली काँग्रेसले जुनसुकै सर्तमा पनि नेकपा एमाले सहितको सत्ता गठबन्धन सरकारलाई ढाल्न लागि परेको छ ।
नेपाली काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पाँचै वर्ष प्रधानमन्त्री रहन दिने र माओवादी केन्द्र सहित अन्य दलको सहयोगमा राष्ट्रपति आफ्नो पार्टीले लिने रणनीति अपनाएको हुनाले सत्ता गठबन्धनलाई संकट परेको हो । कांग्रेस सहित माओवादी केन्द्रको गठबन्धन बनेको खण्डमा त्यसको प्रत्यक्ष असर प्रदेश सरकारहरुमा पर्ने निश्चित रहेको छ । अहिले प्रदेश सरकारहरु पनि एमाले सहितको गठबन्धनकै बनेका हुनाले कांग्रेस सबै राजकीय पदहरुबाट पाखा लागेको हुनाले उसले वर्तमान गठबन्धन भत्काएर फेरी सत्तामा जाने रणनीतिक उदेश्य लिएको र कांग्रेसको सो उदेश्यलाई माओवादी केन्द्र र त्यसका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले सहयोग पु¥याईरहेका छन् ।
कांग्रेसले प्रधानमन्त्री दाहाललाई पुस २६ गते संसदमा विश्वासको मत दिएकै दिनदेखि संकट थपिएको थियो । कांग्रेसले दाहाललाई माया गरेर विश्वासको मत दिएको होइन । एमालेको समर्थनमा उनी प्रधानमन्त्री बनेका हुनाले कांग्रेस जसरी भएपनि एमालेलाई सत्ता बाहिर राख्न चाहिरहेको थियो ।
प्रधानमन्त्री दाहालले आफू प्धानमन्त्री बन्दा नेकपा एमालेसँग गरेको सहमति उल्लंघन गर्ने प्रयास गरेका र राष्ट्रिय सहमति कै आधारमा राष्ट्रपतिको निर्वाचन हुनुपर्ने बताउँदै आएका हुुुनाले के कांग्रेस, माओवादी सहितका अन्य दलहरुका राष्ट्रपतिका उम्मेदवार बनेको खण्डमा एमालेले त्यसलाई समर्थन गर्न सक्ने अवस्था नरहेको हुनाले प्रधानमन्त्री दाहालले भन्ने गरेको राष्ट्रिय सहमति कता पुग्छ ? एमालेसँग भएको सहमति अनुसार आलोपालो प्रधानमन्त्री बन्ने भएकोमा कांग्रेसले सत्ता गठबन्धनलाई टुटाउन दाहाललाई पाँच वर्ष सम्मै प्रधानमन्त्री बनाउने रणनीति लिएपछि दाहाल स्वयम् कांग्रेसको चंगुलमा फसेका छन् ।






































