linktrix Long Ad
Salt Trading Long Ad

ओभरटाइम तरलता सुबिधाको ब्याजदर हेरफेर

1.07K
shares

काठमाडौं ।नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै दैनिक तरलता सुविधा अन्तरगतको ओभरनाइट तरलता सुविधाको ब्याजदर घटाएको छ । शुक्रबार बिहान मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सकारले आन्तरिक ऋण परिचालनको लागत उच्च भएपछि बैंकहरुले राष्ट्र बैंकबाट लिने तरलता सुविधाको ब्याजदर घटाएको हो ।

‘बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा यस बैंकले उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध हुने व्यवस्था मिलाइनेछ,’ राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा मार्फत भनेको छ । यसअघि ८.५ प्रतिशत रहेको उक्त तरलता सुविधा अब ७ प्रतिशत ब्याजदरमा पाइने भएको छ ।

अन्तरबैंक ब्याजदर ४ प्रतिशतमा आउादा पनि बैंकहरुले राष्ट्र बैंकबाट पाइने तरलता सुविधाको ब्याजदर महाँगो भएको भन्दै सरकारी ऋणपत्रको ब्याजदर नघटाएपछि राष्ट्र बैंकले बैंक दर र नीतिगत दर र निक्षेप संकलन दर यथावत राख्दै ओभरनाइट तरलता सुविधाको ब्याजदर भने घटाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports