मुलुक समस्यामा डुवेको छ ताली र सस्तो भाषाणको पछि नलागौ : अध्यक्ष थापा
वि.सं.२०७९ माघ २८ शनिवार ०८:४१
shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्य सञ्चालकहरु के भन्दा ताली आउँछ भनेर सस्तो कुराको पछि लाग्ने भन्दा मुलुकको समस्या समाधानतर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।
हिजो शुक्रबार पार्टीको भ्रातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले मुलुक समस्याको भुमरीमा परेको भन्दै ताली र सस्तो कुरामा अलमलिने बेला नभएको बताएका हुन् । ‘मुकुकमा भ्रष्टाचार, आर्थिक संकट, विदेशी प्रभाव, बेरोजगारी, कुशासन, धर्म परिवर्तनसँगै राष्ट्रियतामाथि पनि गम्भीर प्रश्न चिह्न खडा भइरहेको छ,’ अध्यक्ष थापाले भने, ‘तर, ठूला भनिने नेताहरु सस्तो लोकप्रियताको गीत गाउन मात्रै मस्त छन्, देशका समस्या समाधानमा चिन्तित छैनन्, जुन बिडम्बना हो ।’
अहिले राजनीतिक स्टन्टमा रमाउने बेला नभएको भन्दै थापाले मिहिन ढंगले मुलुकको जल्दोबल्दो समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । अहिले वाद, सिद्धान्तको विवाद गर्ने बेला नभएको बताउँदै उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र आर्थिक समृद्धि महत्वपूर्ण विषय भएको बताएका छन् ।





































