linktrix Long Ad
Salt Trading Long Ad

भ्रष्टाचारको आरोपमा युरोपेली संसद सदस्य पक्राउ

1.22K
shares

भ्रष्टाचार अभियोगमा युरोपेली संसद्का एक जना सदस्य पक्राउ परेका छन्। भ्रष्टाचारको अभियोग लागेका बेल्जियमका सांसदको ब्याङ्क सेफ खोजविन गरेपछि सोधपुछका लागि उनलाई पक्राउ गरिएको हो। बेल्जियमका सङ्घीय अभियोजनकहरूले शुक्रबार लिज शहरमा सांसद मार्क ताराबेलामा छापा मारेको थियो। उनलाई सोधपुछका लागि हिरासतमा लिइएको छ। उनले आफू निर्दोष भएको दाबी गर्दै आएका छन्।

भ्रष्टाचारको आशङ्का बेल्जियमका अधिकारीहरूले तीन जनालाई हिरासतमा लिइसकेका छन्। सोह्र लाख अमेरिकी डलर नगद भ्रष्टाचार गरेको अभियोगमा उनीहरूसहित संसद्का सहयोगीलाई गत डिसेम्बरमा पक्राउ गरिएको थियो। हिरासतमा लिइएका मध्ये एक जना अभियुक्तका प्रेमी हुन् भने अर्का पूर्व सांसद हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports