linktrix Long Ad
Salt Trading Long Ad

प्राकृतिक स्रोतको उत्खनन र राज्य कोषको दोहन बढेको छ : प्रमुख आयुत्त राई

845
shares

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्राकृतिक स्रोत उत्खनन र राज्यकोषको दोहन पछिल्लो समय बढेको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसमा बोल्दै उनले राज्य कोषको दुरुयोग रोक्न आफूहरु सक्रिय भएको बताएका छन् । ‘प्राकृतिक स्रोत, खासगरी ढुंगा, गिट्टी, बालुवाको अनुचित उत्खनन्तथा दोहन गर्ने कार्यलाई नियन्त्रण गर्न जरुरी छ’ उनले भने, ‘… यसरी यी क्षेत्रमा हुने र भइरहने अनुचित दोहन, अनियमितता र मस्यौट उपर आयोग निर्भिक तवरले लागि परेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।’

सरकारी कोष बाट नियमित अनुदान लिई कागजी रुपमा मात्र संचालन भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म पनि नभेटिने विषयको छानबिन र कारबाहीलाई अझै प्रभावकारी बनाउने राईले बताएका छन् । राजस्व चुहावट, चोरी, निकासी, पैठारी,न्यून विजकीकरण तथा राजस्व छली जस्ता घटना बढेको भन्दै प्रमुख आयुक्त राईले यसलाई रोक्न राजस्व प्रशासनमा सुधार र राजस्वका नयाँ क्षेत्रको पहिचान र विस्तारका लागि सम्बद्ध निकायहरु सक्रिय हुनुपर्ने बताएका छन् । तीनै तहका सरकार बाट स्रोतको सुनिश्चितता र पर्याप्त पूर्वतयारी नहुँदै ठेक्का लगाइएका कतिपय महत्वपूर्ण आयोजना अलपत्र परेको भन्दै प्रमुख आयुक्त राईले ती आयोजनाहरू बर्षौं वर्षसम्म पनि पूरा नभई रुग्ण हुनुमा जिम्मेवार अधिकारीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने बताए ।

प्रमुख आयुक्त राईले विकास साझेदारहरुबाट प्राप्त वैदेशिक सहायताको प्रभावकारी परिचालन हुन नसकेको भन्दै विकासका पूर्वाधारहरुको निर्मांणमा बर्षेनी ठूलो रकम खर्च भएपनि गुणस्तर कायम हुन नसकेको र यिनीहरुको दिगो व्यवस्थापन गर्न नसक्दा स्रोतको दुरुपयोग बढेको बताएका छन् । सरकाररी निकायले हतारमा पूर्वाधार निर्माण गर्ने, विभिन्न यन्त्र उपकरण खरिद गर्ने, तर उपयोगमा नल्याउने कार्य गर्दा केही बर्षमै ती संरचना खण्डहरमा परिणत हुने र उपकरण काम नलाग्ने अवस्थामा पुगेको पाइएको पनि राईले बताएका छन् ।

‘आवश्यकताको अध्ययन नगरी, पूर्वतयारी विना पूर्वाधार निर्माण र यन्त्र उपकरण खरिद गर्दा राज्यकोषको दुरुपयोग र दोहन बढेको छ’ उनले भने, ‘तसर्थ, यस प्रकारका काम माथि आयोगले सुक्ष्म निगरानी र अनुसन्धान गरिरहेको हुँदा त्यस्ता कार्यमा संलग्न पदाधिकारीलाई समेत अनुसन्धानको दायरामा ल्याइनेछ ।’ स्थानीय तहमा संघीय सरकारी कोष र आन्तरिक श्रोतबाट भएको ठूलो रकम विनियोजन दुरुपयोग भएको भ्रष्टाचार बढेको गुनासो आएको अख्तियारले बताएको छ । ‘यस्ता अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आयोग र मातहतका कार्यालयहरु वाट छानबिन र अनुसन्धान कार्यलाई अभियानको रुपमा अघि बढाइएको छ’ उनले भने ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports