विवेकशील साझाको अध्यक्षमा समिक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना चयन
वि.सं.२०७९ माघ २८ शनिवार २०:०५
shares

काठमाडौँ ।विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशन बाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत भएकी छन् । दाहालका अनुसार सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । महाधिवेशन हल बाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरियो ।
केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएपछि निर्वाचन बाट चयन गरिने भएको छ । त्यसका लागि केही बेरमै निर्वाचन प्रक्रिया सुरु हुने दाहालले बताए । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ ।



































