सरकारमा कथित बामपन्थीको सहकार्य अन्त्य भयो : सासद बास्कोटा
वि.सं.२०७९ फागुन १३ शनिवार ०८:४५
shares

एमाले सांसद तथा प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् । उनले एमाले आफ्नै लयमा अघि बढ्नुपर्ने पनि बताएका छन् ।
‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्ड बीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ’, बाँस्कोटाले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन्, ‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।’






































