विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतका अक्षय कुमारले बनाए विश्व रेकर्ड

702
shares

काठमाडौं।भारतीय अभिनेता अक्षय कुमारले विश्व रेकर्ड कायम गरेका छन् । तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर अक्षयले गिनिज वर्ल्ड रेकर्ड राखेका हुन् । अक्षयले बुधबार मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’को प्रमोशनको एक कार्यक्रममा तीन मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड तोडेका हुन्।

अक्षयले तीन मिनेट भित्र १८४ वटा सेल्फी खिच्दै विश्व कीर्तिमान राखेका हुन्। धेरै सेल्फी खिचेर अक्षयले अमेरिकाका जेम्स स्मिथको १६८ वटा सेल्फीको रेकर्डलाई तोडेका हुन् । यसबारे जानकारी दिँदै उनले सामाजिक सञ्जालमा केही तस्बिर र भिडियो सार्वजनिक गरेका छन् । यसका साथै उनले प्रशंसकहरु प्रति कृतज्ञता पनि व्यक्त गरेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports