linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपतिमा एमाले उम्मेदवार सुवास नेम्वाङले गरे उम्मेदवारी दर्ता

702
shares

काठमाडौँ ।एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नयाँ बानेश्वर स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू पनि सँगै बानेश्वर पुगेका थिए । एमालेको शनिबार नै बसेको सचिवालयको बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

उम्मेदवारी दर्तापछि उनले भने -‘मलाई पार्टीले राष्ट्रपतिमा अघि सारेको छ । मलाई खुसी लागेको छ । अहिले म जनताको पक्षमा छु । त्यसैले म सबैको तर्फबाट राष्ट्रपतिका उम्मेदवारका रूपमा अघि आएको छु । र,म त्यो दायित्व र जिम्मेवारी संविधानअनुसार पुरा गर्छु । हाम्रा विगतका राष्ट्रपतिको अधारसमेतलाई ध्यानमा राखेर जनताको राष्ट्रको जिम्मेवारी पूरा गर्छु ।’

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports