राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले भेटे रास्वपाका सभापति रविलाई
वि.सं.२०७९ फागुन १३ शनिवार १४:४७
shares

काठमाडौं ।राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग भेट गरेका छन् । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले रविको हात्तिगौंडा स्थित निवासमा पुगेर भेट गरेका हुन् ।
भेटमा पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न रास्वपा सभापति लामिछानेलाई आग्रह गरेका लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । लामिछानेले पार्टीमा छलफल गरेर निर्णय गर्ने जवाफ दिएका छन् । दुई नेता बीच २१ मिनेट कुराकानी भएको थियो । नेकपा माओवादी केन्द्र सहितका ८ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सहमति यसअघि नै गरिसकेका छन् । तर रास्वपाले भने केही निर्णय गरेको छैन ।




































