विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नायक पलशाह जेल मुत्त हुने, अदालतको आदेश

728
shares

काठमाडौँ । बालिका माथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखरा बाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए । अभियोग दाबी नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो । वाग्लेले शाह अब जेलमुक्त हुने पनि बताए । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसला विरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिएको थियो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाह माथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका थिए । तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन पाएका थिएनन् । नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

एक नाबालिग माथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports