kumari
stcnepal

नायक पलशाह जेल मुत्त हुने, अदालतको आदेश

काठमाडौँ । बालिका माथि जबरजस्ती करणी गरेको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखरा बाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको अधिवक्ता कमला मोहन वाग्लेले बताए । अभियोग दाबी नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो । वाग्लेले शाह अब जेलमुक्त हुने पनि बताए । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसला विरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिएको थियो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाह माथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका थिए । तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन पाएका थिएनन् । नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

एक नाबालिग माथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

 

footer