मन्त्रिपरिषद बैठक : सत्य निरुपण तथा मेलमिलाप सम्वन्धी विधेयक संसदमा आजै दर्ता गर्ने निर्णय
वि.सं.२०७९ फागुन २५ बिहीवार १०:०६
shares

काठमाडौं ।सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज संसदमा दर्ता गर्ने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको हो ।
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्चमा मुद्दा परेपछि सरकारले विधेयकमा चासो देखाएको हो । माओवादी घटकका ८ दलले मंगलबार संयुक्त बैठक बाट संक्रमणकालीन न्याय सँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग मार्फत अगाडि बढाउनुपर्ने निर्णय गरिएको थियो ।
सो मुद्दामा पहिलो सुनुवाइ आजलाई तोकिएको छ । यस्तै बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय पनि भएको छ ।





































