linktrix Long Ad
Salt Trading Long Ad

भोली देखी अर्को आदेश नभए सम्म विराटनगरका यी क्षेत्रमा निषेधाज्ञा

754
shares

काठमाडौं  प्रदेश नामाकरणको वियषयलाई लिएर हिंसात्मक आन्दोलनको सूचना पाएपछि आइतबारदेखि अर्को आदेश जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने जनाएका छन् । उनीहरुको प्रदर्शन हिंसात्मक हुने भन्दै जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति रोक्न निषेधाज्ञा जारी गरेको हो ।

चैत ५ गते बिहान ६ बजे देखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सुचनामा उल्लेख छ । कोशी प्रदेश नामकरणपछि पहिचान पक्षधरहरुले आन्दोलन गर्दै आएका छन् ।

आइतबार वृहत प्रदर्शन गर्ने उनीहरुके तयारी छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेषचोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र घोषणा गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports