kumari
stcnepal

त्रिचन्द्र क्याम्पसमा प्रहरी र बिधार्थी बीचमा झडप

काठमाडों । काठमाडौको त्रिचन्द्र क्याम्पस परिसरमा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । अनेरास्ववियुले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएपछि नेपाल विद्यार्थीसंघले यसको विरोधमा आन्दोलन गरेपछि भिड नियन्त्रण गर्ने क्रममा विद्यार्थी र प्रहरी विच झडप भएको हो ।

नेविसंका अनुसार मनोनयन पत्र वितरण भई रहेको अवस्थामा निर्वाचन अधिकृतलाई भगाएको र तालाबन्दी गरेको भन्दै आन्दोलन भइरहेको ठाउँमा प्रहरी आएर विद्यार्थीलाई लाठि चार्च गरी केहीलाई घाईत बनाएको बताएका छन । विगत १४ वर्ष देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन भोलि हुँदैछ । भोलि देश भरीका क्याम्पसमा विहान ८ बजे देखि दिउँसो ४ बजेसम्म स्ववियु निर्वाचनको मतदान हुँदैछ । निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ ।

प्रत्येक दुई/दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन । २०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।

footer