प्रधानसेनापति भन्छन्– सेनाले प्रतिष्ठा बढाएको छ
वि.सं.२०७९ चैत २३ बिहीवार ११:२८
shares

काठमाडौं । नेपाली सेना नेपालको अन्तिम शक्ति हो । यो शक्ति मात्र छ, जसमा राजनीतिकरण हुनसकेको छैन । अन्य सबै क्षेत्रहरु अति राजनीतिकरणका कारण ध्वस्त भइसकेका छन् । यसैवीच श्री नं ९ बाहिनी अन्तर्गत रामेछापको मन्थलीमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताएका छन् । कार्यक्रमा बोल्दै देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र जनताको रक्षा गर्नु नेपाली सेनाको संवैधानिक दायित्व रहेको बताए । उनले सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा योगदान गर्दै आएको पनि कार्यक्रम मार्फत जानकारी समेत गराएका थिए ।
प्रधानसेनापतिका अनुसार नेपाली सेनाले सयुक्त राष्ट्रसंघ अन्तर्गत विश्वशान्ति स्थापनामा ठूलो योगदान गरी विश्वसामु नेपालको प्रतिष्ठा बढाएको उनको भनाई थियो । शर्माले लामो सैनिक जीवनमा प्राप्त ज्ञान र सीपलाई आफू बसोबास गरिरहेको स्थानमा प्रयोग गर्दै सदैव राष्ट्रको हित र नेपाली जनताको सेवामा आ–आफ्नो क्षेत्रबाट समर्पित रही आफूलाई सदैव एक अनुशासित सैनिक र सच्चा नेपाली नागरिकका रुपमा प्रस्तुत गर्न आग्रह गरेका छन् । उनले भूतपूर्व सैनिकको जीवनलाई थोरै भए पनि सरल, सहज र सुखी बनाउन नेपाली सेना प्रयत्नशील रहने बताए ।
कार्यक्रममा सेनाका बलाध्यक्ष रथी सीताराम खड्काले कल्याणकारी गतिविधिलाई सरल, सहज र बिस्तार गर्न निरन्तर प्रयास भइरहेको बताउँदै सम्मेलनले भूपु सैनिकबीच आपसी भेटघाट र मिलन हुने धारणा व्यक्त गरेका थिए । कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तन्डुलले सेनामा हिताधिकारीको आयआर्जनका नयाँ क्षेत्र पहिचान गर्दै लगानीमार्फत कल्याणकारी कार्यमा नयाँ सोचका साथ अघि बढ्नु पर्ने बताएका हुन् ।
यो सम्मेलनको आयोजना जङ्गी अड्डाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा भएको हो । भूपु सैनिकको कल्याणकारी कार्यलाई समन्वय गर्ने उद्देश्यले विसं २०७० असोज २१ गते नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना गरेको थियो ।






































