विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गफमै विते पुष्पकमल दाहाल १ सय ५ दिन

975
shares

 

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको १ सय ५ दिन वितेको छ । दाहाल पुस १० गते नेकपा एमाले सहितका अन्य दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेको सहयोगमा प्रधानमन्त्री बनेका भएपनि उनी एमालेसँग प्रधानमन्त्री बन्नका लागि मात्र गएका थिए ।
दाहालले पुस २६ गते संसदबाट विश्वासको मत लिने उद्घोष गरेर उनी पुस २५ गते बेलुका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर देउवासँग गोप्य सहमति गरेका थिए । त्यही सहमतिको आधारमा कांग्रेसले दाहाललाई विश्वासको मत दिएको थियो ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छोड्नु भन्दा अघि राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेको थियो । रास्वपा नेकपा एमाले र राप्रपाले सरकार छोडेपछि प्रधानमन्त्री दाहाल दोस्रो पटक विश्वासको मत लिन बाध्य भएका थिए । लामो समयसम्म दाहाल नेतृत्वको सरकारले पूर्णता पाउन सकेन । माओवादी केन्द्र र जनमत पार्टीका मात्र मन्त्री रहेका बेला सरकारले केही विवादास्पद निर्णयहरु गरेको थियो । त्यस्ता निर्णयहरुको तिव्र विरोध भएको छ ।
माओवादीले २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सरु गरेको र त्यही दिनलाई राष्ट्रिय दिवस घोषणा गर्दे सार्वजजिक विदा दिने निर्णय गरेपछि त्यसको व्यापक विरोध भएको छ । त्यसैगरी अनमिनले अयोग्य ठह¥याएका माओवादीका पूर्व लडाकुहरुलाई प्रतिव्यक्ति २ लाख रुपैँया दिने निर्णय समेत सरकारले गरेको छ, त्यसको समेत व्यापक विरोध हुँदै आएको छ ।
आँफू प्रधानमन्त्री भएपछि प्रधानमन्त्री दाहालले आफूले जनताले सम्झन लायक काम गर्ने अभिव्यक्ति दिएका भएपनि त्यस्तो अभिव्यक्ति गफमै सिमित भएको छ । लामो समयसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन दाहाल असफल सावित भएका थिए । चैत्र १७ गते मन्त्रिपरिषद्मा केही हेरफेर गरेपनि आफैँ ६ वटा मन्त्रालय मन्त्री विहिन अवस्थामा रहेका छन् । त्यतिमात्र होइन प्रधानमन्त्री दाहालले आफ्नै सचिवालयलाई समेत पूर्णता दिन सकिरहेका छैनन् ।
सचिवालयमा आफ्नै परिवार र माओवादीका कार्यकर्ताहरुलाई राखेर सचिवालय चलाइरहेका छन् । देशले सम्झिने गरी काम गर्दछु भन्ने दाहालको अभिव्यक्ति अहिले गफ मात्र भएको छ । विहानीले दिउँसोलाई संकेत गर्दछ भन्ने उक्तिलाई सम्झिने हो भने दाहालको यस पटकको प्रधानमन्त्री कालपनि मुलुकको लागि दुर्भाग्य सावित हुने संकेत देखिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports