विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व सासद सहित बिभिन्न पार्टी परित्याग गरी ६५ जना एमालेमा प्रवेश

637
shares

काठमाडौं । बर्दियामा पूर्व सांसद सहित ६५ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मिसन ग्रासट्टट अभियानअन्तर्गत मधुवन नगरपालिकामा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा पूर्व संघीय सांसद चिरञ्जीवी थारु सहित जसपा बाट ६ जना एमालेमा प्रवेश गरेका हुन् ।

अरु पार्टीमा भविष्य नभएको र देश बनाउने पार्टी नेकपा एमाले नै भएकाले एमालेमा प्रवेश गरेको थारूले बताए । त्यसैगरी नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य एवं जनजाति महासङ्घका केन्द्रीय सदस्य तारा थापा मगरसहित ३० जना एमालेमै फर्किएका छन् । त्यसैगरी नेपाली काँग्रेस पार्टी परित्याग गरी ४ जना एमालेमा प्रवेश गरेका हुन् भने २५ जना नेकपा माओवादी केन्द्र लगाएतका पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई पार्टी सचिव टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य डा राजन भट्टराई र पोलिटब्युरो सदस्य शान्ता चौधरीले स्वागत गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले देशको संरक्षण गर्ने र देशको हितमा काम गर्ने पार्टी नेकपा एमाले मात्र भएको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports