नयाँ प्रधानन्यायधिस सिफारिस गर्न बसेको बैठक निष्कर्ष बिहीन
वि.सं.२०८० वैशाख ६ बुधवार १०:०७
shares

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल गर्न आज बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको बैठकले विना निष्कर्ष सकिएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाका अनुसार आजको बैठकमा कुनै सहमति नजुटेको र अर्को बैठक बसेर यसबारे निर्णय लिने सहमति भएको बताए । नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसन लगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिए सँगै प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए ।



































