linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीकी छोरी सहित स्वणिर्म वाग्ले लगायतका अन्य केहीको नागरिकता छानवीन गर्न गृह मन्त्रालयमा उजुरी दर्ता

611
shares

काठमाडौं । उपनिर्वाचनको सम्मुखमा आएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्लेसहितका एक दर्जनभन्दा बढी विभिन्न दलका नेताहरुको नागरिकता छानविनको माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ । उनीहरुसँग दोहोरो नागरिकता र ग्रीन कार्ड भएको दावीसहित छानविनका लागि निवेदन परेको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

उजुरीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरी रणु र गंगा दाहालको नाम पनि समावेश छ । उजुरी तनहुँ १ बाट उपनिर्वाचनमा रास्वपाका तर्फबाट उम्मेदवार रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले सँग दोहोेरो नागरिकता र ग्रीन कार्ड रहेको दावी गरिएको छ । नेपाली कांग्रेसका केहि नेता सँग नागरिकता सहित ग्रीन कार्ड रहेको र केहिको नागरिकता संकास्पद भएको दावी गरिएको छ ।

नागरिकता छनविन गर्न माग गर्दै नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफलले दिएको निवेदनमा नाम किटान गरेको केहि मेधेश केन्द्रित दलको नेताको नागरिकता बारे पहिले पनि उजुरी परेका थिए । तर, छानविन भएको छैन् । उनले विभिन्न पार्टीमा रहेका नेताहरूको नागरिकताबारे प्रश्न उठेकोले आवश्यक छानबिनको माग गर्दै गृह मन्त्रालयमा निवेदन दिएको बताएका छन् ।

उनले दिएको उजुरी रास्वापका नेता स्वर्णिम वाग्ले, राजेन्द्र महतो, सरिता गिरी, भरतपुरी मेयर रेणु दाहाल, प्रधानमन्त्री प्रचण्डको सचिवालयमा रहेका छोरी गंगा दाहाल, पूर्वपराष्ट्रपति परमानन्द झा, कांग्रेस नेताहरु सुजात कोइराला, डा.नारायण खड्का, मिनेन्द्र रिजाल, दिलन्द्रप्रसाद बडु, देवेन्द्रराज कडेल र माइती नेपालकी संस्थापक एवं बाग्मती प्रदेशका पूर्वपदेश प्रमुख अनुराधा कोइराला लगायतको नागरिकता छानबिन गर्न भनिएको छ ।

पौडेलले उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गरी नेपाली नेताहरू सँग भएको विदेशी ग्रिन कार्ड एवं नागरिकताको छानबिन गर्न पनि मन्त्रालयसमक्ष माग गरेका छन् । यसमध्ये धेरै नेताको नागरिकताबारे प्रतिनिधिसभमा नै पनि प्रश्न उठेको थियो । मुलत मधेशवादी नेताहरु मध्ये केहीले दाहोरो नागरिकता लिएको आशंकामा छानविन गर्नुपर्ने भनिएको थियो । तर, राजनीतिक प्रभावका कारण यो हुन सकिरहेको छैन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports