प्रधानमन्त्री ज्यू तपाईको प्राथमिकता के हो ?
वि.सं.२०८० वैशाख ८ शुक्रवार ०६:१८
shares

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको ४ महिना पुग्न लागेको छ । आफू प्रधानमन्त्री बन्न दाहाल नेकपा एमालेको शरणमा पुगेका थिए । एमालेको सहयोग र समर्थनमा प्रधानमन्त्री बन्न सफल भएपछि उनले जसरी भएप्नि एमालेलाई एक्ल्याउने रणनीति लिएका हुनाले उनी कांग्रेसको शरणमा पुगेर प्रधानमन्त्री पदलाई बचाई राख्न केही समयका लागि सफल भएका छन् । आफू प्रधानमन्त्री बनेपछि आफू पुगेका ठाउँमा जनताको उपस्थिति हेरेर सस्तो लोकप्रिय भाषणा गर्नेमा उनी व्यस्त रहेका छन् । सरकारले गर्नुपर्ने धेरै कामहरु बाँकी रहेका भएपनि प्रधानमन्त्री दाहालले सबै कार्यलाई आफ्नो प्राथमिकतामा राखेको अभिव्यक्ति दिँदै आएका भएपनि प्राथमिकता के हो भनेर छुट्याउन नसकेका हुनाले उनी गफमै सिमित भएका छन् ।
प्रधानमन्त्री ज्यू तपाईको पहिलो प्राथमिकता के हो सामाजिक न्याय, पूर्वाधार, कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन हो कि जता पुग्यो जसलाई भेट्यो त्यही नै मेरो पहिलो प्राथमिकता हो भन्ने बकबास गर्न छोड्नुहोस् । सरकारले आफ्नो प्राथमिकता तोक्नुपर्दछ । सरकारको पहिलो प्राथमिकता भनेको अप्ठ्यारो अवस्थामा पुगेको अर्थतन्त्रलाई दरिलो बनाउने कार्यलाई प्राथमिकतामा राख्नुपर्दछ । अर्को हो सुशासन, सुशासन नभएको अवस्थामा सुशासन कायम गर्न सरकार पछि परेको छ । आफ्नो सचिवालय समेत गठन गर्न सक्नुभएको छैन । आफ्नो सचिवालयमा आफ्नै परिवारका सदस्य र पार्टीका कार्यकर्ता राखेर सचिवालय चलाइनु कहाँको सुशासन हो ?
एकै दिनमा ३÷४ वटा ठाउँमा पुगेर सरकारी सम्पत्तिको दुरुपयोग प्रधानमन्त्री दाहालले गरेका छन् । भाषण गर्न छोड्नुहोस् काम गरेर जनतालाई देखाउनु होस् । आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा त मन्त्रिपरिषद्लाई पूर्णता दिन सक्नुभएको छैन भने तपाईबाट जनताले अे आशा गर्ने ? तपाई प्रधानमन्त्रीका लागि प्रधानमन्त्री मात्र बन्नुभएको छ । जनता र देश विकासका लागि होइन ।





































