linktrix Long Ad
Salt Trading Long Ad

टीआरसी विधेयक अघि बढाउन संसदले विशेष समिति आज बनाउने

702
shares

काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गरिने भएको छ । प्रतिनिधिसभाले बुधबार संसदीय विशेष समिति गठन गर्न लागेको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ विशेष समिति गठन गर्ने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले विशेष समितिमा रहने सांसदहरुको नाम नै प्रस्ताव गर्नेछिन् । त्यसमा नेकपा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउने सम्भावित कार्यसूची छ ।

विशेष समितिमा रहने सांसदहरु भने तय हुन बाँकी छ । बुधबार बिहान छलफल गरेर समितिमा रहने सांसदहरुको टुंगो लगाउने दलहरुको तयारी छ । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । यो संगै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अगाडि बढ्ने प्रक्रियाको टुंगो लागेको नेताहरु बताउँछन् । विगतमा सरकारले यो विधेयकलाइए फास्ट ट्रयाकमा पारित गराउन चाहेको थियो । प्रमुख विपक्षी एमालेले संसदीय समितिमै छलफलमा लैजानुपर्ने अडान लिएको थियो । दुवै अडानमा नरहेर विकल्पमा विशेष समिति गठन गर्ने विषयमा प्रमुख तीन राजनीतिक नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र सहमत भएपछि सोही अनुसार विशेष समिति गठन गर्न लागिएको हो ।

२५ फागुन २०७९ मा प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले संसदमा दर्ता गरेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक) दफावार छलफलको चरणमा पुगेको छ । विशेष समिति गठन भएपछि यो विधेयक माथिको दफावार छलफल सोही समितिमा हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports