नेपाल प्रहरीका ११ जना डीआईजीहरूको सरूवा तथा पदस्थापन, को कहाँ ?
वि.सं.२०८० वैशाख १३ बुधवार १२:५३
shares

काठमाडौं । प्रहरी प्रधानकार्यालयले हालै बढुवा भएका डीआईजीहरुको पदस्थापन गरेको छ । जसअनुसार बिष्णु कुमार केसीलाई नेपाल प्रहरी प्रधान कार्यालय अस्वेषण योजना तथा विकास निर्देशनालय नक्साल, भरत बहादुर बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली,रबिन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा गरिएकाे छ ।
यस्तै, राजेशनाथ बास्तोला,कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर,चन्द्र कुबेर खापुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग,प्रहरी महाशाखा टंगाल, काठमाडौं जनक भट्टराईलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर धनुषामा पदस्थापन गरिएको छ ।
यस्तै लालमणि आचार्य काठमाडौं उपत्यका प्रहरी कार्यालय,रानीपोखरी, सुरेन्द्र प्रसाद मैनाली नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसान्धान निर्देशनालय अर्जुन चन्द ठकुरीलाई साइबर ब्यूरो भोटाहिटि काठमाडौं, यज्ञ बिनोद पोखरेल केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग बिकाश राज खनाललाई पदास्थपन गरिएको छ ।





































