linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय सभाले चयन गर्यो संसदीय सुनुवाई समितिका सदस्यहरू

611
shares

संसदीय सुनवाइ समितिमा राष्ट्रिय सभाबाट तीन जना सांसद चयन भएका छन्। नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्मा, नेकपा एमालेका देवेन्द्र दाहाल र नेपाली कांग्रेसका रमेशजंग रायमाझी राष्ट्रिय सभाबाट संसदीय सनुवाइ समितिमा परेका हुन्। १५ सदस्यीय समितिमा राष्ट्रिय सभाबाट ३ र प्रतिनिधि सभाबाट १२ जना सदस्य चयन हुने गरेको छ।

प्रतिनिधि सभाले पनि आजै समिति गठनका लागि नाम प्रस्ताव गर्दैछ। प्रतिनिधि सभाबाट कांग्रेस र एमालेको समान ४-४ सदस्य सुनुवाइ समितिमा जानेछन्। त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादीबाट थप १-१ गरि थप ४ सदस्य समितिमा चयन हुनेछन्।

संसदीय सुनुनुवाइ समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, विभिन्न देशका लागि प्रस्तावित राजदूत र न्यायपरिषद् सदस्यको सुनुवाइ गर्नेछ। सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र ती पदमा नियुक्तिको प्रक्रिया अघि बढ्छ। सुनुवाइ समितिको दुई तिहाईले अस्वीकृत गरेको अवस्थामा भने त्यस्ता पदमा सिफारिस भएका व्यक्ति अयोग्य हुनेछन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports