linktrix Long Ad
Salt Trading Long Ad

नेताहरुबाटै लोकतन्त्रमाथि संकट

546
shares

 

काठमाडौ । लोकतन्त्र विश्वमै लोकतान्त्रिक प्रणाली र असल शासन व्यवस्थाको रुपमा रहेको छ । तर हामीकहाँ भने लोकतन्त्रलाई दलका नेताहरुले कमाई खाने भाँडोको रुमपा प्रयोग गरिरहेका छन् । त्यसै कारणले गर्दा नेताहरुले जितिरहेका छन् लोकतन्त्रले हारिरहेको छ ।
लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुको सट्टा दलहरुले लोकतन्त्रको नाममा राजनीतिकलाई विकृत्त अवस्थामा पु¥याएका छन् । लोकतन्त्र बलियो हुनका लागि दलहरु बलियो र पारदर्शी हुनु अनिवार्य सर्त हो । तर दलहरु आफैँभित्र लोकतान्त्रिक हुन सकेका छैनन् । लोकतन्त्र केही सिमित नेताहरुको बन्धक बनेको छ । दलहरुको आन्तरिक लोकतन्त्र बलियो र सवल हुन नसकेकै कारण लोकतन्त्रले आफ्नो लय गुमाउँदै गएको छ ।
राजनीतिक दलका नेताहरुले सत्ता प्राप्ति गर्नुलाई नै लोकतन्त्र भनि फलाकिरहेका छन् । सत्ता प्राप्तिमात्र लोकतन्त्र हुन सक्दैन । सरकार गठन गर्दा होस् वा कुनै उच पदको निर्वाचन वा नियुक्तिमा शक्ति स्वार्थको चासो सम्बोधन गर्न तँछाड मँछाड गर्ने राजनीतिक नेतृत्वका कारण पनि लोकतन्त्र माथि नै प्रहार भएको छ ।
पूर्व राजाले बेला बेलामा दलहरु र नेताहरुको क्रियाकलापमाथि टिप्पणी गर्दै सार्वजनिक अभिव्यक्ति दिँदा सम्पुर्ण राजनीतिक बृत्त तरङ्गित हुने गर्दछ । त्यस बेला राजनीतिक दलका नेताहरु लोकतन्त्रमाथि नै जोखिम रहेको बताउन पछि पर्दैनन् । र लोकतन्त्रको बचाउका लागि दुहाई दिने गरी रहेका छन ।
वास्तवमा भन्नुपर्दा लोकतन्त्रप्रति सबै भन्दा बढी जोखिम यिनै दलका नेताहरुको क्रियाकलापबाट जोखिम रहेको छ । नेताहरुको अलोकतान्त्रिक चरित्रकै कारण लोकतन्त्रमाथि संकट बढ्दै गएको छ । अहिलेकै अवस्थामा नेताहरुले सँधै जितिरहने तर लोकतान्त्रिक पद्दति नै जनताको भने हारिरहने अभ्यासमा नेताहरु लागेका हुनाले नेताहरुबाटै लोकतन्त्रमाथि जोखिम थपिँदै गएको छ ।
तीन क्षेत्रको उपनिर्वाचनको परिणामले खासै अर्थ नराख्ने भएपनि सत्ता गठबन्धनले उपनिर्वाचनमा आफ्ना उम्मेदवारको जितलाई प्रतिष्ठाको विषय बनाउनु दुर्भाग्यको विषय हो । निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दायिव सरकारको हो । तर सरकार प्रमुख प्रधानमन्त्री नै सत्ता गठबन्धनको उम्मेदवारलाई जसरी पनि जिताउनुहोस् मन्त्री बनाउँदछु भनेर जनतालाई आग्रह गर्न पछि परेनन् ।

जसरी पनि जिताउनुहोस् भन्नुको अर्थ के ? जनताले आफ्ना प्रतिनिधि कसलाई छन्ने भन्ने जनताको अधिकार हो तर त्यो अधिकारमाथि धावा बोल्नुको अर्थ सत्ता स्वार्थ बाहेक अन्य केही हुन सक्दैन । त्यही सत्ता स्वार्थले गर्दा लोकतान्त्रिक पद्दतिको खिल्ली उडाइएको छ ।
लोकतन्त्र भनेको के नेताको लागि मात्र हो कि ? जनताका लागि पनि हो त ? नेताले जित्ने अनि जनताले हारिरहने हो ? भने त्यसबेला लोकतन्त्रको अर्थ के नै बाँकी रहला र ?

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports